हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । १५ गते भएकोे मनोनयन दर्तामा ६ जनालेमात्र मनोनयन दर्ता गराएका र उम्मेदवारी उपर कुनै पनि दावि उजुरी नपरेकोले सोमबार नै कार्यसमिति सदस्य निर्वाचित घोषणा गरिएको बागमती गाउँपालिका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य महिलातर्फमा नेकपा माओवादी केन्द्रबाट उमिला विक, सुनिता नेगी, अंकिता विश्वकर्मा र भगवती माया माझी निर्वाचित भएका छन् । यस्तै, दलित वा अल्संख्यकामा नेपाली काँग्रेसबाट डम्बर बहादुर विश्वकर्मा र माओवादी केन्द्रबाट भिम भुजेल निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुलाई निर्वाचनको दिनमा नै कार्यपालिका सदस्यको प्रमाण पत्र दिनुपर्ने भएकाले आज ( मंगलबार ) प्रमाण पत्र प्रदान गरिएको निर्वाचन अधिकृत उपाध्यायले बबताउनु भयो ।











