हेटौंडाः आज (आइतबार) दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुनेछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ४५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेठ १५ गते आइतबार अपराह्न ६ बजे बस्ने सभामुखले बताउनुभयो ।