हेटौंडाः जारी लक डाउनका बेला खाद्यान्नको समस्या हुन सक्ने परिवारलाई लक्षित गरी जेसीआई हेटौंडाले आज खाद्यान्न सामग्री वितरण गरेको छ । जेसीआई हेटौंडाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ३० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँले जानकारी दिनुभयो ।
१० केजी चामल, २ केजी दाल, १ केजी आलु, १ केजी प्याज, ४ सय ग्राम सोयाबीन, नुन १ केजी, १ लिटर तेल र मरमसालासहितको प्याकेट बनाएर वितरण गरिएको बनियाँले बताउनुभयो । जेसीआईका सदस्यहरुको सहभागिता तथा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको समन्वयमा खाद्यान्न वितरण गरिएको हो ।