हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले डिस इन्फेक्सन छर्ने कार्य जारी राखेको छ । हिजो बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा डिस–इन्फेक्स छरेको उपमहानगरपालिकाले आज बिहानैबाट हेटौंडाको सानोपोखरा राईटोल जाने चोकबाट कान्तिराजपथ हुँदै थानाभर्याङ क्षेत्रमा डिस–इन्फेक्सन छरिने हेटौंडा उपमहानगरपालिकाका बातावरण शाखाका कर्मचारी दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले मानव स्वास्थ्यका लागि जोखिम नहुने डेक्साइन नामक डिस–इन्फेक्सन छरेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले बताउनुभएको छ ।