कैलाश गाउँपालिकाको भवन ।

हेटौंडाः कैलाश गाउँपालिकाको कार्यपालिका सदस्यको चयनको लागि आज बुधबार उम्मेदवार दर्ता भईरहेको कैलाश गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द हरि पौड्यालले जानकारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको १४ गते नामावली प्रकाशन हुने र १७ गते मतदान हुने भएको छ ।

निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुने छन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने पौड्यालले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ५२ जनाले मतदान गर्नेछन् ।