हेटौंडाः हेटौंडा–१७ को वडा अध्यक्षमा उद्धव सत्याल विजयी हुनुभएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार सत्यालले १ हजार ३ सय १४ मत प्राप्त गरेका छन् । वडा अध्यक्षका प्रत्यासी नेकपा एमालेका लक्ष्मण खुलालले १ हजार १ सय ३६ मत पाए ।
सदस्यमा नेपाली कांग्रेसबाट उर्मिला चुनारा, नवराज न्यौपाने र कृष्ण अधिकारी निर्वाचित हुँदा नेकपा एमालेकी लेख कुमारी तिमल्सिना विजयी भएका छन् । ५ हजार ३ सय मतदाता रहेको १७ नम्बर वडामा ३ हजार ८ सय ७३ मत खसेको थियो ।











