हेटौंडाः थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट निर्वाचित हुनु भएको छ । विष्ट ९ हजार ७ सय १९ मतसहित मेयरमा निर्वाचित हुनु भएको हो ।

थाहा नगरपालिकाको मेयर पदका प्रत्यासी नेकपा एमालेका अचुतम प्रसाद ढकालले हजार ७ सय ७१, राष्ट्रिय जनमोर्चाका राज कुमार गोलेले २ सय ७३, राप्रपाकी बसुन्धरा पुडासैनीले १ सय ९१ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी हुनु भएको छ । गोपाली ८ हजार ६ सय ७ मतसहित निर्वाचित हुनु भएको हो । उपमेयरका प्रत्यासी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ र राप्रपाका नविन रायमाझीले २ सय ५४ मत प्राप्त गरेका थिए ।