हेटौंडाः मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका धिरेन्द्र कुमार रायमाझी विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिमाण अनुसार ७ सय ५९ मतसहित रायमाझी वडाध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्ष पदका अर्का प्रत्यासी नेकपा एमालेबाट उम्मेदवार बनेका सुजन कुमार रायमाझीलाई पराजित गर्दै धिरेन्द्र विजयी भएका हुन् । एमालेका सुजनले ५ सय ७० मत प्राप्त गरे ।

पछिल्लो मत परिणामअनुसार थाहा नगरपालिकाको मेयरमा गठबन्धन दल नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्टको अग्रता कायमै छ । विष्टले ३ हजार ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट उम्मेदवार बनेका अच्युतम ढकालले २ हजार ३ सय २ मत प्राप्त गरेका छन् ।