हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ ।
भीमफेदी–३ को शनिबार राती सम्पन्न मतगणनाअनुसार नेकपा माओवादीबाट उम्मेदवार बनेका प्रितम् लाल लामा विजयी भएका छन् । प्रितमले नेकपा एमालेबाट उम्मेदवार बनेका प्रकाश पाण्डेलाई पछि पार्दै विजयी भएका हुन् । प्रितमले ७ सय ९२ मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी प्रकाश पाण्डेले ४ सय ५८ मत पाएको भीमफेदी गाउँपालिकाका निर्वाचन अधिकृत रुद्रहरि भण्डारीले जानकारी दिनुभएको छ । भीमफेदी–३ मा कुल १३ सय ३ मत खसेको थियोे ।

यस्तै आइतबार बिहान भीमफेदी–४ को पनि मतगणना सकिएको छ । भीमफेदी ४ मा नेकपा एमालेबाट उम्मेदवार बनेका सागर पाण्डे विजयी भएका छन् । सागरले ५ सय ६८ मत पाएका छन् । वडा अध्यक्षका प्रत्यासी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका समीर श्रेष्ठले २ सय ४८ मत पाए । भीमफेदी–४ मा १ हजार १ सय ९४ मत खसेको थियो ।
यस्तै भीमफेदी–५ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका जहार सिं लामा विजयी भएका छन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार लामाले ७ सय ७४ मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् । वडा अध्यक्षका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका प्रदीप बहादुर वाईबाले ५ सय ९० मत पाए । भीमफेदी–५ मा १ हजार ४ सय ७८ मत खसेको थियो । वडा सदस्य सबै नेकपा एमालेबाट उम्मेदवार बनेका रिता कुमारी आले, सुमित्रा बिश्वकर्मा, बद्रिप्रसाद पौडेल र लालबहादुर स्याङ्तान विजयी भएका छन् ।