मतगणना कार्य सुरु गर्दै गणकहरु ।

हेटौंडाः स्थानीय तह निर्वाचनको मत गणनाअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको पहिलो २ सय मत गणना सम्पन्न भएको छ । शनिबार बिहानदेखि सुरु भएको मत गणनाका क्रममा पहिलो २ सय मतमा मेयर पदका उम्मेदवार अनन्तप्रसाद पौडेल ७१ मतसहित अगाडि छन् । यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाको ६५ मत रहेको छ । अर्का उम्मेदवार दीपक बहादुर सिंहले ४२ मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ८८ मत पाएका छन् भने नेकपा एमालेकी सुमित्रा काफ्लेले ८२ मत पाएकी छिन् । यस्तै अर्की उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले १२ मत पाएकी छन् ।