गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्वीर ।

हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । थापाले आफ्नो गृह जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित बंशगोपाल उच्च माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट स्थानीय तहको सदस्य पद चुनावको लागि मतदान गर्नुभएको हो ।

राप्रपा नेपालले नेकपा एमालेसँग चुनावि तालमेल भएको र आफ्नो पार्टीको उम्मेदवारी नपरेको स्थानमा एमालेलाई समर्थन गरेको उहाँले बताउनुभयो ।