हेटौंडाः स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत अहिले मतदानको कार्यक्रम भईरहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो साढे १ बजेसम्म ४० प्रतिशत मत खसेको बागमति प्रदेश निर्वाचन आयोगका प्रमुख लम्बुनाथ पोखरेलले जानकारी दिनुभयो ।

देशका ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदैछ । मतदानको कार्यक्रमअघि मतदानको कार्यक्रममा खटिने कर्मचारीहरु मंगलबार नै मतदान केन्द्रमा पुगेर बुधबार र बिहीबार मतदाता परिचय पत्र वितरणको कार्य गरेका थिए । मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचयपत्र नभएका व्यक्तिले नागरिकता, सवारीचालक अनुमतिपत्रसहित सरकारी परिचयपत्रका आधारमा मतदान गरिरहेका छन् । मतदान बेलुकी ५ बजेसम्म संचालन हुनेछ ।