हेटौंडाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरको आयोजनामा भएको उपमहानगरका मेयर र उपमेयर पदका उम्मेदवारसँग व्यावसायिक भेटघाट तथा छलफल आईतबार हेटौंडामा भएको छ । कार्यक्रममा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले व्यवसायको नविकरण र दर्तामा पुनरावलोकन गरिने बताउनु भएको छ । स्थानीय सरकार लोकतन्त्रको जग हुने उहाँको भनाई छ । व्यवसायहरुसँग सुमधुर र प्रकट सम्बन्ध कायम गर्दै स्थानीय सरकार व्यवसायमैत्री बनाइने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सक्षम महानगर निर्माणका लागि मापदण्डसहित आफ्नो खर्च आफैंले उठाएर योजना बनाउन सक्नुपर्ने हुन्छन् । तर उपमहानगरमै १५ प्रतिशत साधारण खर्च धान्ने तथा बाँकी केन्द्रीयबाट धान्नुपर्ने स्थिति रहेको छ ।” हेटौंडालाई पर्यटकीय हब निर्माणका रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । सडकलाई फराकिलो र चौैडा बनाउँदा ५ हजार व्यवसायका ७५ घरदुरी भत्किएर ठूलो बाइपास बनाउनु विकास बिरोधि नभएको औंल्याउनुभयो । यसैगरी उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले स्थानीय सरकार आफैंमा पुर्णता नहुने दाबी गर्नुभयो । आफूले व्यवसायको समस्यालाई नियाल्ने गरिएकोले समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा व्यवसायी तालिम ल्याउने बताउनुभयो । साँझेदारीका साथ निजी, उद्योमी तथा व्यवसाय प्रबिधिसँग जोडिएर अघि बढ्ने जानकारी दिनुभयो । घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले व्यवसायको समस्या नबुझेकाले कैदीलाई छुट्याउन पहल गर्ने गरेको बताउनुभयो । व्यवसायीले दिएको करबाट राज्य चलेको अवस्थामा निति र नियम कार्यान्वयन नगर्दा हुप्रचौर कुरुप बनेको घिमिरेको धारणा छ । जुन श्वास फेर्न मात्र प्रयोग भएको अवस्थामा अबका स्थानीय तहले खोप्पेगल्ली र जोशी नर्सरी जस्तो शहर बनाउने या हुप्रचौर जस्तो शहर बनाउने भन्ने कुरामा ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको छ । अव्यवस्थित रहेको पार्किङ, तरकारी बजार लगायत क्षेत्रामा व्यवस्थापन गर्न आवश्यक कुरालाई मध्यनजर हुनुपर्ने हुन्छ । भोलिका दिनमा व्यवसायीक हितमा घोषणा गरिका कार्ययहरु कार्यान्वयन गरिने या नगर्ने विषय महत्त्वपूर्ण रहेको छ । निर्वाचन विशेषमा भाषणमा मात्र सिमित गराउन उम्मेदवार आउने भएकोले अहिले नै उम्मेदवारसँग व्यवसायको समस्या पस्किएको बताउनुभयो । नेपाल उद्योग महासंघ मकवानपुरका अध्यक्ष चक्रपथ बिडारीको सभाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठ लगायत व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलको उपस्थिति रहेको थियो ।