हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टीबाट अलग हुने घोषणा गर्नु भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेता अधिकारीले पार्र्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

“पार्टी स्थापना कालदेखि राप्रपालाई मुलुकको राष्ट्रिय राजनितिमा स्थापित गर्न तल्लो तहमा नै अनवरत रुपमा पसिना बगाइरहेँ । पछिल्लो समय अनुकुलताको राजनिति, सामन्ती र सर्वसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । त्यो हाबीसँग केन्द्रीय नेतृत्व हाबी भयो । नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शिर्ष नेताको निर्णय अदुरदर्शी, अपरिपक्क र अन्यायपुर्ण देखियो ।” विज्ञप्तीमा उल्लेख छ ।