हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएको हुन् ।
नेकपा एमालेबाट खेमराज जर्गा मगर, नेकपा माओवादी केन्द्रबाट सर्केश घलान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल बहादुर बल, मंगोल नेसनल अर्गनाइजेसनबाट कविर सिंह गोल, र सचेत नेपाली पार्टीबाट सोमबहार योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट ज्ञान सागर लामा, प्रशान्त सञ्जेल र शंकर कुमार पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि स्वतन्त्रबाट विरेन्द्र गोले र बच्चु गोले खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली काङ्ग्रेसबाट फणिन्द्र तिमल्सिना, नेकपा एमालेबाट धन माया स्याङ्तन र जन जागरण पार्टी नेपालका तर्फबाट राजमान राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ९ वटा वडाका लागि ४२ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।











