हेटौंडाः जिल्ला फुटबल संघ मकवानपुरको अध्यक्षमा पुनः टिका लामा निर्वाचित हुनुभएको छ । आज शनिबार हेटौंडामा भएको संघको सातौैं साधारण सभामा अत्याधिक बहुमतसहित लामा पुनः लामा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

लामाले १९ मत प्राप्त गर्नुभएको थियो भने अर्का अध्यक्ष पदका उम्मेदवारी मनिष श्रेष्ठले ९ मत मात्र प्राप्त गर्नुभएको छ । यस्तै, संघको उपाध्यक्ष २३ मतसहित अरुण बल, २१ मतसहित युवराज लामा र १८ मतसहित अजय मानन्धर निर्वाचित हुनुभएको छ ।

यस्तैगरी, सदस्यमा विकेशलाल श्रेष्ठ, आशिष थापा, राजाराम थोकर, पुष्पराज पुडासैनी, सचिन्द्र लामा, सचिन राई, दिनेश चौलागाईँ, आलोक स्याङ्तान, कृष्ण केसी, नवराज तिमल्सिना र एलिसा आले निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि २८ जनाले मतदान गरेका थिए ।