हेटौंडाः रक्त सञ्चार केन्द्र हेटौंडाले चैत महिनामा २ सय ३३ युनिट रगत संकलन गरेको छ । चैत महिनामा विभिन्न ७ वटा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम तथा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने रक्तदाताहरुबाट २ सय ३३ युनिट रगत संकलन गरेको केन्द्रका प्राविधिक बिष्णु रिमालले जानकारी दिनुभयो ।
७ जनाले रक्तसञ्चार केन्द्रमै उपस्थित भएर रक्तदान गरेका छन् । संकलित रगत प्रायः हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा खपत हुने गरेको उहाँले बताउनु भयो । रक्त सञ्चार केन्द्र हेटौंडाले दैनिक रुपमा रक्तदान कार्यक्रममा समन्वय गर्दै आएको उहाँले बताउनु भयो । आइतबार फुर्केचौरमा रक्तदान कार्यक्रम सञ्चालन हुने बताइएको छ ।