देवकृष्ण पुडासैनी (डीके) ।

हेटौंडाः आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा देव कृष्ण (डीके) पुडासैनीलाई सर्वसम्मत सिफारिस गरेको छ । पुडासैनी ईन्द्रसरोबर गाउँपालिकाको पार्टी कमिटीको अध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा पार्टीले उमा लामा र हरिमाया लामालाई सिफारिस गरेको छ । उमा कुमारी लामा हाल उपाध्यक्षको भूमिकामा हुनुहुन्छ भने हरिमाया लामा नयाँ अनुहार हो । यस्तै, ५ वटा वडाहरुमा उम्मेदवार सिफारिस गरेको छ । ईन्द्रसरोबर गाउँपालिका वडा–१ मा राजाराम विष्ट, वडा–२ मा वैकुण्ठ थापामगर, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्रकुमार बल र ५ मा अनिश लामालाई सर्वसम्मत अध्यक्षमा सिफरिस गरेको छ । नेकपा एमाले ईन्द्रसरोबर गाउँपालिका इकाई कमिटीले ५ वटै वडाको अध्यक्षमा नयाँ अनुहारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।