टाईफाईड बिरुद्धको खोप लगाउँदै बालबालिका ।

हेटौंडाः टाईफाईड रोग बिरुद्धको खोप अभियानमा मकवानपुरगढी गाउँपालिकामा ७१ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । चैत २४ गतेदेखि २७ गतेसम्म गढी गाउँपालिकाको ४ हजार ७ सय ६० जना बालबालिकाले खोप लगाएका छन् ।

गाउँपालिकाले जम्मा ६ हजार ७ सय २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ३ दिनमा ७१ प्रतिशत बालबालिकालाई खोप लगाएको जनाएको छ । गढी गाउँपालिकाको वडा नम्बर १ मा आँपटार सामुदायिक स्वास्थ्य इकाईबाट ८ सय ७६ जनालाई खोप लगाउनृ लक्ष्य रहेकोमा आईतबारसम्म ६ सय ६८ जनालाई खोप लगाएको छ । वडा नम्बर २ मकवानपुरगढी स्वास्थ्य चौकीबाट एक हजार १ सय २१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार २६ जनालाई खोप लगाएको जनाएको छ ।

गढी ३ को मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाईमा ८ सय १३ जना लक्ष्य रहेकोमा ५ सय ४७ जना बालबालिकालाई खोप लगाईएको छ । वडा नम्बर ४ मा शहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाईमा ४ सय४२ जना लक्ष्य रहेकोमा ३ सय २८ जना बालबालिकालाई खोप लगाईएको छ । ५ नम्बर वडामा आमभञ्ज्याङ स्वास्थ्य चौकीमा एक हजार २ सय ३६ जना लक्ष्य रहेकोमा ४ सय ६८ जना बालबालिकाले खोप लगाएको छन् । वडा नम्बर ५ मा गाउँपालिकामा सबैभन्दा कम बालबालिकाले खोप लगाएको देखिन्छ ।

यस्तै, वडा नम्बर ६ मा डुम्रकुना सामुदायिक स्वास्थ्य इकाईमा ७ सय ४० जना लक्ष्य रहेकोमा ५ सय २१ जना बालबालिकाले खोप लगाका छन् । वडा नम्बर ७ सुकौरा स्वास्थ्य चौकीमा ७ सय ८३ जना लक्ष्य रहेकोमा ६ सय ४५ जना बालबालिकाले खोप लगाएका छन् । त्यसैगरी, वडा नम्बर ८ बुढीचौर स्वास्थ्य चौकीमा ७ सय १६ जना लक्ष्य रहेकोमा ५ सय ४८ जना बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार ३ दिनमा नै ८९ प्रतिशत प्रगति भएको गाउँपालिकाले तथ्याङ्कले देखाउँछ । मकवानपुरगढी गाउँपालिकामा १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाउने अभियान चैत २९ गतेसम्म संचालन हुनेछ ।