हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, गडुवानमा चट्याङ लागेर एकजना गम्भीर घाइते भएका छन् । आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर स्थानीय ४२ बर्षीया फुलमाया डिम्डुङ गम्भीर घाइते भएकी हुन् ।
वडा अध्यक्ष कान्छाराम रुम्बाका अनुसार घरमै बसिरहेकी फुलमाया र उनका श्रीमानलाई चट्याङ लागेर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायालाई आफन्तले उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल ल्याइएको छ । फुलमायाकी श्रीमान सामान्य घाइते भएका छन् ।