हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा–१८ बाट नेपाली कांग्रेसले रामबाबु बानियाँलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार नेपाली कांग्रेसको वडा समितिको बैठकले बानियाँसहित वडा सदस्यको उम्मेदवार पनि सर्वसम्मत चयन गरेको छ ।
वडा समितिले खुला सदस्यमा योगराज खतिवडा र लाल बहादुर जिम्वा, महिला सदस्यमा बिष्णुमाया थपलिया र दलित महिलामा पुनम मग्रातीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा अध्यक्ष र सदस्यका उम्मेदवार सबै नयाँ अनुहार हुन् ।