हेटौंडाः मकवानपुर क्योकुशिन कराते संघले बेल्ट वितरण तथा उपशाखा समिति गठन गरेको छ । उपशाखा डोजो वनस्पति हेटौंडा—१३ का खेलाडीहरुलाई बेल्ट वितरण एवम् उपशाखा समिति गठन गरिएको नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमोशन टेस्टमा उत्तीर्ण हुन सफल विभिन्न स्तरका ३५ जना खेलाडीलाई बेल्ट वितरण गरिएको श्रेष्ठले बताउनुभयो । यसैगरी पूर्वखेलाडी अशोक डिम्डुङको अध्यक्षतामा १३ सदस्यीय उपशाखा समिति गठन गरिएको छ ।

प्रशिक्षक विकास राईको सभाध्यक्षता तथा मकवानपुर जिल्ला संघका अध्यक्ष बुद्विनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । केन्द्रीय सदस्य सुदर्शन खतिवडा, प्रशिक्षक सुमन कर्माचार्य, सीता श्रेष्ठ, सुशन श्रेष्ठ, शहीद लखन थापा वाटिकाका अध्यक्ष विश्व आले मगरलगायतको उपस्थिति रहेको थियो ।