हेटौंडाः नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा–१९ मा अध्यक्षका लागि तीनजना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बिहीबार सम्पन्न बैठकबाट अध्यक्षका आकांक्षी नरनाथ सुवेदी, रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस हुनुभएको छ । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा सहमति प्रयास विफल भएपछि आकांक्षी तीनै जनाको नाम नगर समितिमा सिफारिस गरिएको हो ।
अध्यक्षका आकांक्षी नरनाथ सुवेदी वर्तमान वडा अध्यक्ष हुनुहुन्छ भने इन्दिरा तामाङ वडा सदस्य हुनुहुन्छ । सदस्यका उम्मेदवार शान्ति बिक पनि वर्तमान वडा सदस्य हुनुहुन्छ ।