हेटौंडाः नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । बिहीबार वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।