१६ नम्बर वडाबाट सर्वसम्मत सिफारिस भएका वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरु ।

हेटौंडाः नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि हेटौंडा–१६ मा सबै पदमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न वडा कमिटीको बैठकले अध्यक्षमा बसन्त प्रसाद लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

लामिछानेसँगै वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा बिश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षका उम्मेदवार लामिछाने साविक हटिया गाविसको पार्टी सचिवको भूमिका निर्वाह गरिसक्नु भएको छ भने हाल पार्टी वडा कमिटीको सल्लाहकार हुनुहुन्छ ।