हेटौंडाः नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा पुराना नेता उत्तम प्रसाद पौडेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । २०५४ सालमा वडा सदस्यको जिम्मेवारी सम्हाल्नुभएका पौडेल आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बन्न सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा एमाले १ नम्बर वडा कमिटीको अध्यक्ष समेत रहनुभएका पौडेलको नेतृत्वमा एमालेले वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् ।