हेटौंडाः गत फाल्गुन २८ गतेबाट चैत १२ गतेसम्म प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता सम्पन्न भयो । देशमै पहिलो पटक बागमती प्रदेश सरकारले प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै ८ करोड खर्च लागेको अनुमान गरिएको थियो । बागमती प्रदेश खेलकुद सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगितामा ७ करोड ५० लाख बराबर खर्च लागेको अनुमान छ । खर्चको विररण भने सार्वजनिक भइनसकेको र अबको एक हप्ताभित्र सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रतियोगिता विभिन्न जिल्लामा भएकाले सबै जिल्लाको खर्च विवरण आइनसकेको उहाँले बताउनुभयो ।

प्रतियोगिता प्रदेशका विभिन्न जिल्लाका स्थानमा सञ्चालन भएको थियो । जसमा पुरुष र महिलातर्फका फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराते र एथ्लेटिक्सतर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको थियो ।