हेटौंडाः “सत्यमोहन शहर यात्रा” कृतिको आज हेटौंडामा परिचर्चा गरिएको छ । पत्रकार गिरीश गिरीले संस्कृति विद् सत्यमोहन जोशीको जिवनका संघर्ष, चुनौति, योगदान र उपलब्धीबारे लेख्नुभएको छ । ३ पटक मदन पुरस्कार प्राप्त गर्नुभएका जोशीले २०२६ सालमा विकट क्षेत्र झुम्लाको विकासक्रम भौगोलिक, सँस्कृतिकबारे अध्ययन गर्नुका साथै खास भाषा खोजी गर्ने पहिलो व्यक्ति रहेको गिरीले बताउनुभयो ।
२०१६ साल सँस्कृतिक नाँचघर सञ्चालन गर्ने पहिलो व्यक्ति जोशी रहेको गिरीले जानकारी दिनुभयो । यसैगरी, राष्ट्रिय संग्राहलय समेत सञ्चालन गरेका छन् । हाम्रो समाजले नायकको खोजी रहेको बेला सत्यमोहन जस्तै व्यक्ति बनाउन भावी पुस्तालााई प्रेरित गर्नुपर्ने गिरीले बताउनुभयो । देशप्रतिको माया, चिन्तन र संघर्षले अहिलेसम्म जिवित हुनुभएका जोशीबारे भावीका पुस्तालाई बताउनुपर्ने उल्लेख गर्नुभयो । जुन म पनि सत्य मोहन जस्तै व्यक्ति बन्छु भन्ने प्रेरणा भावी पुस्तामा जागे मात्र आफूले लेखिएको पुस्तकले सार्थक हुने उहाँको भनाइ छ । जुरेली, म सत्य मोहन, नेपालको पहिलो नाक्स तयार पर्दा जस्ता विषय समेटिएको उक्त कृतिमा ३१ वटा विषयवस्तु रहेका छन् उहाँले जानकारी दिनुभयो ।
संस्कृति विद् जोशी जिवितै रहदाँ पुस्तक प्रकाशन गरेर जिवित इतिहासको सम्मान गरेको बताइएको छ । जोशीको जिवनका एकपछि अर्को चाखलाग्दो भोगाईको माध्यमबाट नेपाली समाजको लामो इतिहासलाई चित्रण गरिएको कृति रहेको उहाँले बताउनुभयो । संवादमा गिरीश गिरी र निमेष निखिल रहेर उक्त कृतिमाथि परिचर्चा गरिएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सहजीकरण गर्नुभएको हो । बुकहिल पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको सत्यमोहन पुस्तक गत महिना बजारमा थियो ।
कृति प्रकाशक भुपेन्द्र खड्काले वैशाखमा जोशी एक सय ३ वर्ष पुग्ने जानकारी गर्नुहुँदै उक्त कृति चिन्तादर्शक शैली लेखिएकोे बताउनुभयो । कार्यक्रममा कथाकार कुमार नगरकोटी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने लागयत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।