उज्यालोको रङ पुस्तककी लेखिका जानुका खतिवडा हुन् । उनको जन्म ८ अक्टुबर १९८५ मा भएको थियो । यो पुस्तक भने किशोर किशोरीहरुका लागि सन्देशमूलक पुस्तक रहेको छ । सामाजिक विषयवस्तुको बारेमा रहेको छ । समाजमा भने यस्ता अन्याय, महिलाहरुमाथि अत्याचार हुँदै आएको छ । त्यसै अत्याचार, कुरीतिबाट महिलाहरुलाई बचाउन साथै महिलाहरुको अँध्यारो जीवनमा उज्यालोको रङ भर्न यस उज्यालोको रङ पुस्तक लेखिएको मेरो व्यक्तिगत ठम्याई छ ।
यस उपन्यासका मुख्य पात्र माया र मायाकी आमा नै हुन् । माया भने मेरो मनपर्ने पात्र रहेकी छिन् । चौध वर्षकी भएपनि मायामा अत्यन्तै साहस हुन्छ । समाजको गलत सोच र कामप्रति मायाले आवाज उठाएकी छिन् । आफ्नो आमा प्रति गरिने दुव्र्यवहार सँग लडेकी छिन् मायाले ।
उपन्यासको सारांशको कुरा गर्ने हो भने चौध वर्षकी मायाको जीवन दुःखमय थियो । उसको बाको मृत्यु भइसकेको हुन्छ । बाको मृत्युपछि काकासँग बोलचाल बन्द हुन्छ । मायाको दाइ विदेशमा मजदुरी गर्नुहुन्थ्यो । माया एक्लै भने आफ्नो आमाको हेरचाह गर्थी । विद्यालयमा भने गोपेले मायाको आमाको बारेमा नराम्रो भन्थ्यो । मायालाई अत्यन्तै रिस उठ्यो र ऊ जुध्न गई । गोपेले मात्र नभई अरु गाउँलेहरुले पनि मायाको आमाको बारेमा नराम्रो नै भन्थे । विद्यालयमा विद्यार्थीहरुलाई छोपुवा रोग लाग्थ्यो । सबैजनाले भूतप्रेतको छायाँ हो भन्थे तर डा. सुचित्राले छोपुवा रोगको बारेमा भन्नुभयो । सबितालाई छोपुवा रोग लागेर धामी झाक्रिका गएका थिए तर पछि डा. सुचित्रा कहाँ गए ।
सन्देशको कुरा गर्दा म सानो बालिकाले जे बुझेँ त्यसैलाई उजागर गर्दै छर । उज्यालोको रङ पुस्तक किशोर÷किशोरीहरुको लागि सन्देशमूलक उपन्यास हो । यस पुस्तकको मुख्य पात्र मायाको सहायताले हामीले धेरै सन्देशहरु बटुल्न सक्छौँ । हामीले समाजको गलत सोच तथा गलत कामप्रति लड्नुपर्छ । हामीले समाजका अन्याय, अत्याचार, कुरीति, लैङ्गिक विभेद, कुसंस्कार विरुद्ध आवाज उठाउनुपर्छ भनी खतिवडाले दर्शाउन खाजेको मैले आभास गरेको छु । जीवन जति नै लामो अथवा छोटो भएपनि आत्मविश्वास बिना हामी केही गर्न सक्दैनौँ भन्ने कुरामा पनि लेखकखे जोड दिएका छन् ।
मेरो विचारमा विधवा आमासँग भएको आवाज, समाजको गलत सोचको कालो बादलप्रति उज्यालोको रङ छरेकाले नै यस पुस्तकको नाम उज्यालोको रङ राखिएको हुन सक्छ । त्यस्तै यस उपनयासकी मुख्य पात्रको ठाउँमा म भएको भए पनि यस समाजले भने केटीहरुका लागि छुट्टै संसार बनाइएको छ । न त शान्तिले जिउन दिने नै न त मर्न नै । हरेक कुरामा केटीहरुकै गलती हुन्छ । समाजको सोच नै यस्तो भइसक्यो । तर यी सोचप्रति मायाले आवाज उठाएकी छिन् । मायाले यस समाजलाई देखाउन चाहिन्छन् कि केटीहरु घरकी बोझ छैनन, घरकी लक्ष्मी हुन् । मायाले आफ्नो विधवा आमाप्रति गरेको दुव्र्यवहार माथि समाज र छरछिमेकी लडेका छन् । यसरी नै म पनि समाजका लागि केही न केही सकरात्मक सोच विकास गराउने तथा चेतनामूलक काम गर्नेतर्फ उन्मुख हुन्थेँ ।उपन्यासको भाषाशैलीको कुरा गर्ने हो भने पुस्तकमा भने धेरै जसो गाउँले शब्दहरु प्रयोग भएको छ । कुनै ठाउँमा सरल र कुनै ठाउँमा अलि कठिन नै देखिएको छ तर अन्तमा दिइएका शव्दार्थले भने सहज र सजिलो बनाइदिएको भने अवश्य नै छ । मलाई भने यस उपन्यासकी मुख्य पात्र मायालाई पाठकको हैसयितले केही कुरा भन्ने सोच राखेर चिठी पनि पठाएको छु ।
प्रिय मित्र माया,
मिठो सम्झना ।
यहाँ मलाई सन्चै छ तिमीलाई पनि त्यहाँ सन्चै होला । तिमीसँग भने आफ्नो मनका कुराहरु गर्न चाहन्छु । तिमी त असाध्यै साहसी पो रहेछौ नि त । आफ्नी आमाका लागि सबैजनासँग जुध्यौ । काका, काकीलाई पनि भूतप्रेतको बारेमा सम्झायौ । आजकल काका काकीहरुले पनि तिम्रो कुरा बुझेपछि सकरात्मक नै लिनुभएको होला भन्ने मलाई पूर्ण विश्वास रहेको छ ।