हेटौंडाः मकवानपुरमा सोमबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार १ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हाल होम आईसोलेसनमा १० जना रहेका छन् ।