हेटौंडाः मकवानपुर मुद्रण उद्योग संघको अध्यक्षमा राजु नेपाल चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट नेपालको नेतृत्वमा सर्वसम्मत ७ सदस्यीय समिति चयन भएको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा खिल प्रसाद पौडेल, सचिवमा पुरुषोत्तम ढकाल, कोषाध्यक्षमा शंकर खड्गे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा भानुभक्त चौलागाईं र विष्णु प्रसाद नेपाल चयन हुनुभएको छ । संघका निवर्तमान अध्यक्ष अजीव भट्टराईको अध्यक्षता तथा नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय समिति सदस्य इन्द्रप्रसाद नेपालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपानेको पनि आतिथ्य रहेको थियो । साधारणसभामा मुद्रण व्यवसायी र मुद्रण क्षेत्रमा कार्यरत कर्मचारीको पनि सहभागिता रहेको थियो ।