नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १३ औं जिल्ला अधिवेशनबाट पुनः श्रीराम दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट दाहालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संगठनको उपाध्यक्षमा प्रतिमा गौतम र कृष्ण प्रसाद पौडेल, सचिवमा मुकुन्द न्यौपाने, कोषाध्यक्षमा बासुदेव रिजाल, सहसचिव चन्द्रादेवी लामा, सहकोषाध्यक्ष भावना सापकोटासहित ३० सदस्यीय समिति चयन भएको हो । शुक्रबार अधिवेशनको उद्घाटन भएको थियो । संगठनमा सरकारी तथा निजी विद्यालयमा कार्यरत २ हजार ३ सय ५२ जना शिक्षक, कर्मचारी रहेको बताइएको छ । अधिवेशन उद्घाटनको अवसरमा पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।