फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संमलन केन्द्रमा आज बिहिबार ५ जनाले स्वाब संकलन गराएका छन् ।

३ जना पुरुष र २ जना महिलाले कोरोना भए नभएको थाहा पाउनका लागि स्वाब संकलन गराएको हेटौैंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनु भएको छ । संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशाला पठाइएको निरीक्षक चौलागाईले जानकारी दिनु भएको छ ।