फाइल तस्वीर ।

हेटौंडाः माधवराज सुमार्गी ट्रष्टद्वारा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जनताहरुको स्वास्थ सेवामा सहजता पुर्‍याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

सिकिस्त बिरामी तथा सुत्केरी महिला सहजरुपमा अस्पताल पुग्न समस्या रहेको गुनासोपछि सुमार्गी ट्रष्टले मंगलबार एम्बुलेन्स प्रदान गरेको जनाएको छ । माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले श्री शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकरीलाई एम्बुलेन्सको साँचो प्रदान गर्नुभयो ।

वडा अध्यक्ष शिवप्रसाद खनालको पहलमा सुमार्गीले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । सहकारी संस्थाका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको सभाध्यक्षतामा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम भएको हो । वडा अध्यक्ष खनालले स्वास्थ्य सेवालाई थप सहज बनाउन सहयोग पुग्नेगरी एम्बुलेनस सहयोग गरेकोमा सुमार्गी परिवारलाई धन्यवाद दिनुभयो । सहकारीको व्यवस्थापनमा एम्बुलेन्स सञ्चालन गरिने जनाएको छ ।