प्रा.डा. तिमल्सिनालाई सम्मान गरिँदै ।

हेटौंडाः युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान प्राध्यापक डा. पशुपति तिमल्सिनालाई प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित तिमल्सिनालाई सम्मानपत्र प्रदान गरिएको छ ।

शनिबार हेटौंडामा प्रगतिशील लेखक संघ मकवानपुरकोे आठौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा तिमल्सिनालाई सम्मान गरिएको हो । युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान मकवानपुरका अग्रज साहित्यकार आरसी रिजालले स्थापना गर्नुभएको हो । कार्यक्रममा साहित्यकार सुवास खनालले सम्मानित तिमल्सिनाको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

साहित्यकार युद्धप्रसाद मिश्र साहित्यिक जीवनकै विषयमा विद्यावारिधी गर्नुभएका तिमल्सिनाले युद्धप्रसाद मिश्रको साहित्यिक व्यक्तित्व र उहाँले पु¥याउनुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष्य शान्ति प्रियबन्दनाको अध्यक्षता तथा प्रगतिशील लेखक संघका महासचिव समीर सिंहको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।