हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा भक्तपुर क्वाटर फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो खेलमा रसुवालाई ६–० फराकिलो गोल अन्तरले हराउँदै भक्तपुर क्वाटर फाइनल प्रवेश गरेको हो ।
भक्तपुुरको जित सोनित दाहाल, अनिक श्रेष्ठ, सविन खड्का र रविन भट्टरार्ई एक–एक गोल गरे । यस्तै विपुल श्रेष्ठले दुई गोल गरे । विपुलले एक गोल पेनाल्टीमार्फत गरेको हो । खेलको म्याच अफ द म्याच श्रेष्ठ घोषित भए । भक्तपुरले अब बिहिबार दोेलखासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आज नै भएको पहिलो खेलमा सिन्धुलीले काठमाडौँलाई ६–० गोल अन्तरले हराएको थियो ।











