खाद्यान्न सहित शैक्षिक सामाग्री हस्तान्तरण पश्चात सामूहिक रुपमा क्लिक गरिएको तस्बिर ।

हेटौंडाः हेटौंडा—२ स्थित रहेको बाल हेल्पलाइन मकवानपुर (सिविन) ले १० जना बालबालिकालाई खाद्यान्न सहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हेटौंडा–११ स्थित शंकर ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बुधबार सिविनले सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

२ जना बालक र ३ जना बालिकालाई प्रति विद्यार्थी करिव ३ हजार ५ रुपैयाँको खाद्यान्न सहयोग गरिएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो । ती बालबालिकालाई चामाल, केराउ, साबुन, मास्क, तेल विद्यालयमै पुगेर बाल हेल्पलाइनले हस्तान्तरण गरेका हुन् । यसैगरी प्रति विद्यार्थी ५ जना बालिकालाई करिव ३ हजार रुपैयाँको शैक्षिक सामाग्री सहयोग गरेको जानकारी दिनुभयो । विद्यार्थीलाई कापी, कलम, ड्रेस, ब्याक, ज्यामेट्री बाक्स लगायतका स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् ।