हेटौंडाः विद्यालयको वार्षिकोत्सवको अवसरमा सञ्चालन भएको द्विदिवसीय अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको ५७ औं विद्यालय दिवसको अवसरमा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
गत पुस २२ गते विद्यालयको स्थापना दिवस परेको भए पनि कोभिड–१९ संक्रमण जोखिमका कारण विद्यालय बन्द भएकाले विद्यालय खुलेर कोभिड जोखिम कम भएपछि कार्यक्रम गरिएको विद्यालयका शिक्षक रमेशमोहन अधिकारीले जानकारी दिनुभयो । विद्यालयले शुक्रबार प्राथमिक तहका विद्यार्थीहरुलाई सहभागी गराएर चकलेट दौड, हिसाब दौड, म्युजिकल चेयर तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । ती प्रतियोगितमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
यसैगरी निम्नमाध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराएर सञ्चालन भएको बेलुन डान्स, दौड, सटपुट, कपर्दी तथा नृत्य प्रतियोगितमा विजयी भएका विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको शिक्षक अधिकारीले बताउनुभयो । शिक्षास“गै खेलकुद भन्ने उद्देश्यले आयोजित विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई कापी र कलमसहित पुरस्कार वितरण गरिएको उहा“ले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक जिधराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।