तस्बिर गुगल

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुर जिल्लाको अधिवेशन सकिएको छ । गत आइतबारबाट सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार सम्पन्न मतदानको गणना बिहीबार दिउँसो सकिएसँगै अधिवेशनको प्रक्रिया पूरा भएको हो । ७ जना पदाधिकारीसहित ४८ सदस्यीय कांग्रेस मकवानपुरको जिल्ला समिति निर्वाचित भएको छ । सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना गरी ७ जना पदाधिकारी निर्वाचित भएका छन् ।

नेपाली कांग्रसेको जिल्ला सदस्यहरुमा थाहा नगरपालिकाबाट महिलातर्फ सुनमाया भोम्जन निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै खुला सदस्यतर्फ नवराज लामा ८८१ मत र भीमबहादुर भोम्जन ७७४ मतसहित निर्वाचित हुनुभएको छ । कैलाश गाउँपालिकाबाट महिला सदस्यतर्फ मीना गुरुङ ६५२ मतसहित निर्वाचित हुनुभएको छ भने खुलातर्फ ७७६ मतसहित उदासकुमार भ्लोन निर्वाचित हुनुभएको छ । राक्सिराङ गाउँपालिकाबाट महिला सदस्यमा बच्चीमाया नेगी निर्विरोध निर्वाचित हुनुभएको छ भने खुल्ला सदस्यमा ५९२ मतसहित जयबहादुर तितुङ निर्वाचित हुनुभएको छ । यस्तै, मनहरी गाउँपालिकाबाट महिलातर्फ अम्बिकाकुमारी घिमिरे ७०७ मतसहित निर्वाचित हुनुभएको छ भने खुलातर्फ ६८३ मतसहित चन्द्रबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाबाट महिलातर्फ १०३१ मतसहित ताराकुमारी राई (कार्की) र ७१५ मतसहित सोममाया मोक्तान निर्वाचित हुनुभएको छ । यस्तै खुलातर्फ ६३९ मतसहित शैलेन्द्रराज बानियाँ, ५५२ मतसहित ईश्वर पण्डित र ४८९ मतसहित धीरेन्द्र लामा निर्वाचित हुनुभएको छ । बागमती गाउँपालिकाबाट महिलातर्फ ७८३ मतसहित सुनिता राई निर्वाचित हुनुभएको छ भने खुलातर्फ शेरबहादुर राना मगर निर्विरोध निर्वाचित हुनुभएको छ । बकैया गाउँपालिकाबाट महिलातर्फ ९१९ मतसहित चमेली लामा डिम्डुङ निर्वाचित हुनुभएको छ भने खुलातर्फ सेतेमान बल निर्विरोध हुनुभएको छ । मकवानपुरगढी गाउँपालिकाबाट महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ भने खुलातर्फ ८२५ मतसहित माधवप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।

भीमफेदी गाउँपालिकाबाट महिलातर्फ ९३० मतसहित संगीता राना मगर निर्वाचित हुनुभएको छ भने खुलातर्फ ७६४ मतसहित अर्जुनप्रसाद पुडासैनी निर्वाचित हुनुभएको छ । ईन्द्रसरोवर गाउँपालिकाबाट महिलातर्फ निर्मला रुम्बा निर्विरोध हुनुभएको छ भने खुलातर्फ विष्णुकुमार कार्की पनि निर्विरोध हुनुभएको छ ।

यस्तै खस आर्य महिलातर्फ ७५३ मतसहित प्रमिला खतिवडा र ७४१ मतसहित सजिता सिग्देल निर्वाचित हुनुभएको छ । खस आर्य खुलातर्फ ५१४ मतसहित होमनाथ गौतम र ४९८ मतसहित ईन्द्रकुमार बर्तौला निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति महिलातर्फ ८९१ मतसहित कुती ग्यालन, ७८५ मतसहित शर्मिला श्रेष्ठ, ७५८ मतसहित निर्मला गोले, ७१४ मतसहित सन्जु थापा मगर र ७०६ मतसहित गीता राई निर्वाचित हुनुभएको छ ।

आदिवासी खुलातर्फ ९२७ मतसहित कालु घलान, ८२३ मतसहित राजकुमार गोले, ७९४ मतसहित ईश्वरकुमार रुम्बा, ७५६ मतसहित राजकुमार वाईबा, ६६७ मतसहित गोपीराम बल र ६३७ मतसहित विरोध मोक्तान विजयी हुनुभएको छ । दलितर्फ डम्बर बहादुर बिक निर्विरोध निर्वाचित हुनुहुँदा अल्पसंख्यकतर्फ खेमबहादुर प्रजा ५७४ मतसहित निर्वाचित हुनुभएको छ ।

यसअघि नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा सभापतिका तीनै जना प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने लामा र आनन्दराम पराजुलीबीच सहमतिबाट लामा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचनबाट नेपाल कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्मराज लामिछाने, सचिवमा ईश्वरकुमार पाठक र भीमसेन महत एवम् सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निर्वाचित हुनुभएको थियो ।