फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः मादक पदार्थको कुलतमा परेका हेटौंडा–१३, वनस्पतिका गोपाल नेपालीलाई सुधारगृहमा राख्न हेटौंडा उपमहानगरपालिकाले २ महिनाको शूल्क उपलब्ध गराएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गोपालकी श्रीमती सुमित्रा दर्जीलाई प्रतिमहिना ६ हजार रुपैयाँको दरले दुई महिनाको १२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

गोपाल नेपाली अहिले हेटौंडा–९ स्थित सिआन पुनस्र्थापना केन्द्रमा रहेका छन् ।आर्थिक अवस्था कमजोर भएकोले सुधारगृहमा राख्न नसकिएको भन्दै परिवारले सहयोगको अपेक्षा गरेपछि उपमहानगरपालिकाले सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण परिवारले गोपाल नेपालीलाई पुनस्र्थापना केन्द्रमा राख्न नसकेको र परिवारका अन्य सदस्यले पनि दुख व्यहोर्नु परेको भनी दुखेसो गरेको समाचार प्रकाशित भएपछि मेयर महतको ध्यानाकर्षण भई सहयोग गर्नुभएको हो ।