हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज बिहान १३ जनाको स्वाब संकलन गरिएको छ । ५ महिलासहित ८ जना पुरुष गरी १३ जनाको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
संकलित स्वाब नमूना कोभिड–१९ संक्रमण भए, नभएको परीक्षणका लागि हेटौंडा अस्पतालको पिसिआर ल्याबमा पठाइएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा एकजना संक्रमित वृद्ध उपचाररत छन् ।











