हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज १७ जनाको स्वाब संकलन गरिएको छ । कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गराउनेमा ९ पुरुष र ८ महिला छन् ।
अहिले परीक्षणका लागि स्वाब दिन आउनेमध्ये कोभिड–१९ लक्षण भएकाहरुको संख्या न्यून रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । कोभिड–१९ परीक्षण गराउन आउनेमा वैदेशिक यात्रामा जानुपर्ने, अन्य स्वास्थ्य समस्या भई उपचार गराउने, कारागार चलान गर्नुपर्ने कैदीबन्दीहरु बढी रहेको चौलागाईको भनाइ छ ।