हेटौंडाः लकडाउनका कारण सवैखाले व्यवसाय सञ्चालनमा समस्या भइरहे पनि मोवाइल व्यवसाय भने राम्रो छ । अनलाइन कक्षाका लागि मोवाइलको प्रयोग बढेस“गै व्यवसायीलाई पनि राम्रै लाभ छ । लकडाउनमा मोवाइल व्यवसायीलाई लाभ भइरहेको पुष्टि गर्ने गरी हेटौंडा–४, स्कूलरोडस्थित शेरिशा मोवाइल हवले आफ्नो शोरुम स्तरीयकरण गरेको छ ।

शेरिशा मोवाइल हबले शोरुम स्तरीकणको अवसर पारेर विशेष छुट सुविधा समेत दिएको छ । शेरिशा मोवाइल हवका सञ्चालक अनिष बिष्टले छोरी र आमाबुबाको हातबाट सोमबार शोरुमको उद्घाटन गर्नुभएको छ । मोवाईल खरिद गर्नेलाई तीन घण्टाको फरकमा लक्की ड्र मार्फत एक जनालाई चाँदीको सिक्का उपहार दिइने विष्टले जानकारी दिनुभयो । उपहार कार्यक्रमसँगै मोवाइल खरिद गर्नेलाई इयरफोन, व्याक कभर र टेम्पर ग्लास निशूल्क उपलब्ध गराइरहेको छ । शेरिशाले पुरानो मोवाईल साट्ने योजना पनि ल्याएको छ ।