हेटौंडाः हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालालाई दैनिक सहयोग प्राप्त हुने क्रम जारी छ । क्याम्पा रंगशालाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकको पनि उत्तिकै साथ र सहयोग प्राप्त भइरहेको छ ।
काठमाडौं बसोबास गर्दै आउनु भएका मोबाइल तथा इलेक्ट्रोनिक्स सम्मान व्यवसायी अनिल अधिकारीले गत मंगलबार दश हजार नगद सहयोग गर्नुभएको छ । हेटौंडाका यातायात व्यवसायी यादव थपलियाले पनि गत मंगलबार नै दशहजार रुपैयाँ सहयोग गर्नुभएको हो । क्याम्पा रंगशालाकै लागि गत शुक्रबार पूर्व राष्ट्रिय बक्सर ईन्द्रबहादुर श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय खेलाडी ओमकुमार लामाले आइतबार क्याम्पा रंगशाला निर्माणका लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
रंगशाला निर्माणको कार्यप्रगति प्रशंसनीय भएको भन्दै लामाले सहयोग हस्तान्तरण गर्नुभएको हो । यस्तै आइतबार नै एचएस ढकालले ६ हजार ५ रुपैयाँ, अशोक श्रेष्ठले ५ हजार ५५ रुपैयाँ र सुदीप श्रेष्ठले ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । क्याम्पा रंगशालाको प्यारापिट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने खेलमैदानको स्तरीयकरण र घेरावार लगाउने कार्य भइरहेको छ ।










