सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णयबारे ईन्द्रसरोवर गाउँपालिकाले मंगलबार जारी गरेको सूचना ।

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा पालिकामा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले १९, २० र २१ गते ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार मनाउँदै गर्दा कोभिड–१९ संक्रमणको जोखिम नहोस् भनी सतर्कता अपनाउन पनि गाउँपालिकाले आग्रह गरेको छ । यसअघि मकवनपुरको बागमती, बकैया र राक्सिराङ गाउँपालिकाले पनि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ भने संघीय सरकार र बागमती प्रदेश सरकारले भने भोलि माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि माघ १९ गते तामाङ समुदायले सोनाम ल्होछार मनाउँदैछन् ।