फाइल तस्वीर ।


हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा कोरोना परीक्षणका लागि आज सोमबार थप ३२ जनाले स्वाब संकलन गराएका छन् । १४ जना महिला र १८ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिलका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुुभयो ।

संकलित स्वाब नमुना हेटौंडा अस्पतालस्थित पीसीआर प्रयाोगशाला पठाइएको निरीक्षक चौलागाईले बताउनुभयो ।