सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार पिसिआर विधिबाट ६१ जनाको परीक्षण गर्दा २६ जनामा र एन्टिजेन विधिबाट ५३ जनाको परीक्षण गर्दा २७ जनामा गरी कुल ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । मकवानपुर जिल्लामा अहिले ६ सय ९३ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।