हेटौंडाः मकवानपुरमा आज बुधबार ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ४२ जनाको जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १९ जनामा र ७१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा यसै अवधिमा २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १ हजार ३ सय ९४ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ हजार ३ सय ८४ जना र संस्थागत आइसोलेसनमा ११ जना उपचाररत रहेका छन् ।