सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७८ जनामा र १ सय २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा यसै अवधिमा २ सय ३६ कोरोनामुक्त भएका छन् । जिल्लामा अहिले १ हजार ६ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये घरमै आइसोलेसनमा १ हजार ६ सय १३ जना र संस्थागत आइसोलेसनमा १६ उपचाररत छन् ।