हेटौंडाः पुरानो नारायणी यातायात कम्पनि प्रालिले सर्वसाधारणलाई निशूल्क वितरणका लागि एक हजार थान मास्क सहयोग गरेको छ । हेटौंडाको बुद्धचोकबाट सर्वसाधारणलाई निशूल्क वितरण गर्ने गरी नारायणी यातायातले मंगलबार प्रहरीलाई मास्क हस्तान्तरण गरेको छ ।
नारायणी यातायातका अध्यक्ष हीरालाल श्रेष्ठले प्रहरीलाई मास्क हस्तान्तरण गर्नुभयो । सर्वसाधारणलाई वितरण गर्ने मास्कसँगै कोभिड–१९ सम्बन्धी सचेतनामुलक पर्चा र सेनिटाईजर पनि सहयोग गरेको छ ।